नियम ५५घ
बीमा सम्बन्धमा सवारी धनी वा व्यवस्थापकको दायित्व
: (१) यातायात सेवा सञ्चालन गर्ने कुनै सवारी धनी वा व्यवस्थापकले यस नियम बमोजिम बीमा गराएकोमा त्यस्तो बीमामा उल्लिखित रकमको दायित्वभन्दा बढी रकमको दायित्व निजले वहन गर्नुपर्ने छैन ।
(२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले यस नियममा उल्लिखित बीमा रकमभन्दा बढी बिमाङ्क रकम कायम गरी बीमा गर्न यो नियमले बाधा पु¥याएको मानिने छैन ।